ADD FOR WEBSIDE ADD FOR WEBSIDE
यू -२० साफ च्याम्पियन्सीप

नेपालको विजयी सुरुवात, श्रीलङ्का १–० गोलले पराजित 

आइतबार, भदौ २, २०८१

काठमाडौँ : बीस वर्षमुनिको पुरुष साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको उद्घाटन खेलमा श्रीलङ्कालाई १–० गोलले हराउँदै घरेलु टोलीले विजयी सुरुवात गरेको हो ।

नेपालको जितमा खेलको २३ औँ मिनेटमा निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो । निर्धारित ९० मिनेट र ६ मिनेटको अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन सकेन । जितसँगै नेपालले ३ अंक जोडेको छ ।

अहिलेसम्म पाँच संस्करण आयोजना हुँदा नेपालले दुई पटक उपाधि उचालेको छ ।  सन् २०१५ मा भएको खेलमा भारतलाई हराउँदै नेपालले घरेलु मैदानमा उपाधि चुमेको थियो ।

निकै प्रतिस्प्रधात्मक खेलको निर्धारित समयमा दुवै टोली १–१ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा नेपालले भारतलाई ५–४ गोल अन्तरले पराजित गरेको थियो । यस्तै, सन् २०१७ मा भुटानमा भएको च्याम्पियन्ससीपमा बङ्गालादेशलाई हराउँदै नेपालले उपाधि हात पारेको थियो ।

च्याम्पियन्ससिपमा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

प्रतियोगिता अन्तर्गत भोली सोमवार भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । 
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्