ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भलिबलका १८ खेलाडी बन्द प्रशिक्षणमा डाकिए

आइतबार, भदौ २, २०८१

काठमाडौँ : नेपाल भलिबल संघले बीस बर्ष मुनिको काभा भलिबलका लागि १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

संघले भदौ ८ गतेबाट प्रशिक्षण सुरु गर्ने गरी आईतवार १८ खेलाडीको नाम सार्वजनिक गरेको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए । बन्द प्रशिक्षणमा सबै भन्दा बढी लुम्बिनी र गण्डी प्रदेशका ५/५ खेलाडी परेका छन् ।

यस्तै सुुदुर पश्चिमका ४, बाग्मतिका १,कर्णालीका १ मद्येश प्रदेशका १ र कोशीका १ जना बन्द प्रशिक्षणका लागि छानिएका छन् । काभा च्याम्पियनसिप असोज १७ देखि २३ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुनेछ ।

केहि साताअघि काठमाडौंमा भएको १९ बर्ष मुनिको भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनका अधारमा खेलाडी छनोट गरिएको हो ।
 

volley-ball-1723990826.jpg


 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  २०:०६
प्रतिक्रिया दिनुहोस्