ADD FOR WEBSIDE ADD FOR WEBSIDE

विश्वकप लिग टु :अमेरिका र क्यानाडा भिड्दै

सोमबार, भदौ ३, २०८१

एजेन्सी : आईसीसी विश्वकप लिग टु अन्तर्गतको सिरिजमा आज सोमवार क्यमनाडा र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो २ ४५ बजे नेदरल्याण्ड्सको हजेलारवेग स्थित रोटरडैम मैदानमा हुनेछ । क्यानाडा आज अमेरिकालाई हराउँदै शिर्ष स्थानको नेदरल्याण्डस्संग अंक बराबरी गर्ने योजनामा छ ।

तेस्रो खेल खेल्न लागेको अमेरिका पनि क्यानाडालाई हराउँदै ४ अंक सहित एक स्थानमाथि पाँचौ स्थानमा उक्लन चाहान्छ । लिग टुको शीर्ष चार भित्र पर्ने टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोट खेल्न पाउने छन् ।

८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स ७ खेलबाट १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । ९ अंकका साथ स्कटल्यान्ड दोस्रो स्थानमा रहँदा क्यानडा ८ अंकका साथ तेस्रो स्थानमा छ । समान अंकको नामिबिया चौथो स्थानमा छ ।

३ अंक सहित ओमान पाँचौ तथा २ अंक जोडेको अमेरिका छैटौँ स्थानमा छ । समान २ अंक बनाएको नेपाल सातौं स्थानमा छ ।

अंक बिहिन युएई अंक तालिकाको पुछारमा छ ।  

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्