ADD FOR WEBSIDE ADD FOR WEBSIDE
यू -२० साफ च्याम्पियन्सीप

भुटानले आज भारतको सामना गर्दै 

सोमबार, भदौ ३, २०८१

काठमाडौँ : बीस वर्षमुनिको पुरुष साफ च्याम्पियनसीप फुटबलमा आज सोमवार उपाधि दाबेदार भारत र भुटानबीच प्रतिस्पर्धा हुदैँछ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज दिउँसो ३ बजे हुने खेलमा दुबै टोली सुखद् सुरुवात गर्न चहान्छ । भारत दोस्रो पटक उपाधि जित्ने योजनमा छ ।

गत बर्ष नेपालमै भएको च्याम्पियन्ससीपको उपाधि भारतले उचालेको थियो । उक्त खेलको फाईनलमा पाकिस्तानलाई ३–० गोलले हराउँदै भारतले पहिलो पटक उपाधि जितेको हो ।

सन् २०१७ मा भुटानले आयोजना गरेको पहिलो च्याम्यिन्ससीपमा भुटानले चौथो स्थान हात पारेको थियो ।

हिजै भएको उद्घाटन खेलमा श्रीलङ्कालाई १–० गोलले हराउँदै घरेलु टोलीले नेपालले विजयी सुरुवात गरिसकेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्