ADD FOR WEBSIDE ADD FOR WEBSIDE

प्रधानमन्त्री ओलीले गरे महिला भलिबल टोलीसंग भेट 

सोमबार, भदौ ३, २०८१

काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टोलीसंग भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहान करिब २ घण्टा भन्दा बढी समय भएको भेटमा भलबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल गरेका हुन् ।

बिहानीको ब्रेकफास्टसँगै मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो पटक यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरुलाई उत्साहित तुुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरुले बताउका छन् ।

प्रधानमन्त्री ओलीसँगको छलफलमा मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।

प्रधानमन्त्री ओलीले दुुई साता अघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको बताएका थिए ।

खेलाडीका प्रगति, चाहना र मागबारे आफूू जानकार रहेको बताउँदै ओलीले अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने प्रतिबद्धता जनाएका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्