ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भुटानमाथि भारतको संघर्षपूर्ण जित

सोमबार, भदौ ३, २०८१

काठमाडौँँ : बीस वर्षमुनिको पुरुष साफ च्याम्पियनसीप फुटबलमा उपाधि दाबेदार भारतले बिजयी सूरुवात गरेको छ ।

सातदोबाटोस्थित (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा भुटानलाई १–० गोलले हराउँदै भारतले विजयी सुरुवात गरेको हो । भारतको जितमा खेलको ३७ औं मिनेटमा मोनिरुल मोल्लले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

गत बर्ष नेपालमै भएको च्याम्पियन्ससीपको उपाधि भारतले उचालेको थियो । उक्त खेलको फाईनलमा पाकिस्तानलाई ३–० गोलले हराउँदै भारतले पहिलो पटक उपाधि जितेको हो ।

सन् २०१७ मा भुटानले आयोजना गरेको पहिलो च्याम्यिन्ससीपमा भुटानले चौथो स्थान हात पारेको थियो ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्