ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा

मंगलबार, भदौ ४, २०८१

काठमाडौँ :  घरेलु टोली नेपाल एक खेल अगाबै बीस वर्षमुनिको पुरुष साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रबेश गरेको छ ।

आज भएको खेलमा श्रीलंकालाई हराएसंगै बांगालादेश र नेपाल सेमिफाइनलमा पुगेको हो । सातदोबाटोस्थित (एन्फा) कम्प्लेक्समा भएको खेलमा बांगालादेशले श्रीलंकाविरुद्ध २–० को जित निकालेको हो ।

बङ्गालादेशको जितमा मिराजुल इस्लाम र पिएश अहमद नोभाले एक/एक गोल गरे । लगातार दुई खेलमा हार ब्यहोरेको श्रीलंका प्रतियोगिताबाट बाहिरएको छ । पहिलो खेलमा श्रल्ंका नेपालसंग पराजित भएको थियो । प्रतियोगित अन्तर्ग नेपालले पर्सी बिहिबार बाङ्लादेशसंग खेल्ने छ । त्यसअघि भोली माल्दिभ्स र भुटानबीच प्रतिस्पर्धा हुनेछ । छैटौँ संस्करणको प्रतियोगिता जारी रहँदा अहिले सम्म बांगालादेशले उपाधि भने जित्न सकेको छैन ।

 तीन पटक फाईनल पुगेको बांगलादेश पराजित हुँदै आएको छ । सन् २०१७ मा भएको फाईनलमा बांगालादेश नेपालसंग फाईनलमा पराजित भएको थियो ।

सन् २०१९ र २०२२ मा बांगालादेश भारतसंग पराजित भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्