ADD FOR WEBSIDE ADD FOR WEBSIDE
यू -२० साफ च्याम्पियन्ससीप

माल्दिभ्सलाई हराएपछि भुटानको सेमिफाइनल सम्भावना बलियो

बुधबार, भदौ ५, २०८१

काठमाडौँ : माल्दिभ्सलाई हराउँदै भुटानले बीस बर्ष मुनिको साफ च्याम्पीयनसीप फुटबलको सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा माल्दिभ्सविरुद्ध २–१ को जित निकाल्दै भुटानले सेमिफाईनल पुग्ने आशा जिवितै राखेको हो । भुटानको जितमा जितसुन दोर्जी र नोवाङ चोपेलले एक–एक गोल गरे ।

माल्दिभ्सका लागि फिरकले एक गोल फर्काए । गोलरक्षक सोनम तेन्जिङ रातो कार्ड खाँदै मैदान बाहिरएिपछि १० खेलाडीमा सिमित भुटानले माल्दिभ्समाथि रोमाञ्चक जित निकालेको हो ।

शुक्रबार हुने खेलमा भारतले माल्दिभ्सलाई हराएमा वा बराबरी खेलेमा भुटानले सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।

समुह चरणको अर्को खेलमा नेपालले भोली बंगलादेशसँग खेल्ने तालिका छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्