ADD FOR WEBSIDE ADD FOR WEBSIDE
बिश्वकप क्रिकेट लिग टु

नेदरल्याण्ड्सले दियो अमेरिकासामु २०७ रनको लक्ष्य

बुधबार, भदौ ५, २०८१

एजेन्सी : आईसीसी बिश्वकप क्रिकेट लिग टु अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले अमेरिका सामु जितका लागि २०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

हजेलारवेग, रोटरडैम मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेदरल्याण्ड्सले ४९.१ ओभरमा सवै विकेट गुमाउँदै २०६ रन मात्र बनाउन सक्यो । नेदरल्याण्ड्सका लागि म्याक्स ओडाउडले सर्वाधिक ७७ रनको योगदान गरे । १२६ बलको सामना गरेका उनले  ६ छक्का प्रहार गरे । मिचेल लेभिटले ३३ तथा नूह क्रोसले २७ रन बनाए । बिक्रमजित सिंले १८ रन जोडे ।

जारी लिगमा शिर्ष स्थानमा रहेको नेदरल्याण्ड्स अमेरिकालाई हराउँदै छैटौँ जित निकाल्न चाहान्छ । अमेरिका पनि नेदरल्याण्ड्सलाई पराजित गर्दै तेस्रो जितको खोजिमा छ ।

 लिग टुको शीर्ष चार भित्र पर्ने टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोट खेल्न पाउने छन्
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्