ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला टी–२० विश्वकप बंगालादेशबाट युएई सर्‍यो

बुधबार, भदौ ५, २०८१

एजेन्सी : बंगालादेशमा हुने भनिएको आईसीसी महिला टी–२० विश्वकप अर्कै देशमा सरेको छ ।

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले सुरक्षाको कारण देखाउँदै बिश्वकप बांलादेशबाट युएईमा सारेको हो । यसअघि अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा महिला विश्वकप खेलाईने तालिकाको सार्बजनिक भएको थियो । यसअघि भारतलाई महिला टी२० विश्वकप आयोजनाका लागि प्रस्ताव गरेपनि भारतले अस्वीकार गरेको थियो ।

महिला टी–२० विश्वकप यूएईको दुई शहर दुबई र शारजहामा हुने आईसीसीले जनाएको छ । विश्वस्तरीय पूर्वाधार र सुविधा भएको यूएई महिला टी–२० विश्वकप आयोजनाका लागि सबै किसिमले तयार रहेको आईसीसीले जनाएको छ ।

आईसीसीको हेडक्वाटर रहेको यूएई पछिल्लो समयम क्रिकेट प्रतियोगिताहरुको लागि हब नै बनेको छ ।

यूएईले सन् २०२१ मा ओमानसँगै टी२० पुरुक्ष विश्वकपका साथै विभिन्न छनोट प्रतियोगिताहरु आयोजना गरिसकेको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  २२:५७
प्रतिक्रिया दिनुहोस्