ADD FOR WEBSIDE ADD FOR WEBSIDE
बिश्वकप लिग टु

नेदरल्याण्ड्ससंग अमेरिका २७ रनले पराजित

बिहीबार, भदौ ६, २०८१

एजेन्सी : आईसीसी बिश्वकप क्रिकेट लिग टु मा नेदरल्याण्ड्सले लगातार चौथो जित निकालेको छ ।

घरेलु मैदानमा जारी अमेरिका र क्यानाडासम्मिलत त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा शिर्ष स्थानको नेदरल्याण्डले लगातार जित निकालेको हो । बुधवार राती भएको खेलमा घरेलुटोलीले अमेरिकाबिरुद्ध २७ रनको जित निकालेको हो ।

जितकालागि नेदरल्याण्ड्सले दिएको २०७ रनको लक्ष्य पछ्याएको अमेरिका ४५.५ ओभरमा अलआउट हुँदै १७९ रनमा समेटियो । उसकालागि कप्तान मोनांक पटेलले सर्बाधिक ६६ रनको पारी खेलेपनि अन्य खेलाडीले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् । अमेरिकालाई सस्तैमा समेट्ने क्रममा काइल क्लेनले सर्वाधिक ४ तथा पल भ्यान मिकरेनले ३ विकेट लिए ।

त्यसअघि हजेलारवेग, रोटरडैम मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेदरल्याण्ड्सले ४९.१ ओभरमा सवै विकेट गुमाउँदै २०६ रन बनाएको थियो ।  नेदरल्याण्ड्सका लागि म्याक्स ओडाउडले सर्वाधिक ७७ रनको योगदान गरे ।  १२६ बलको सामना गरेका उनले  ६ छक्का प्रहार गरे ।  मिचेल लेभिटले ३३ ,नूह क्रोसले २७ तथा बिक्रमजित सिंले १८ रन जोडे ।

जारी लिगमा ८ खेल खेलेको नेदरल्याण्डस् ६ मा जित र २ मा पराजय भोग्दै १२ अंकका साथ शिर्ष स्थानमा छ । ७ खेल खेलमा ४ मा जित र ३ मा हार भोगेको स्कटल्याण्ड ९ अंकका सनथ दोस्रो तथा ८ खेलबाट ४ मा जित र ४ मा हार भोगेको क्यानाडा ८ अंक सहित तेस्रो स्थानमा छ । समान खेलबाट समान हार र समान जितसहित समान ८ अंक जोडेको नामिबिया चौथो स्थानमा छ ।

लिग टुको शीर्ष चार भित्र पर्ने टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोट खेल्न पाउने छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०६:५७
प्रतिक्रिया दिनुहोस्