ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एकदिवशीय क्रिकेटमा नेपाल एक स्थानमाथि उक्लियो

बिहीबार, भदौ ६, २०८१

काठमाडौँ : एकदिवशीय क्रिकेटमा नेपाल एक स्थान माथि उक्लिएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जारी गरेको पछिल्लो वरियतामा नेपाल एक स्थान सुधार गर्दै १६ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७ औँ स्थानमा थियो । ओेमान पनि एक स्थान सुधार गर्दै वरियताको १७ औँ स्थानमा उक्लिएको छ ।

क्यानाडाको वरियता भने खस्किएको छ । यसअघि १६ औँ स्थानमा रहेको क्यानाडा २ स्थान तल झर्दै १८ औँ स्थानमा पुगेको हो । अन्य वरियतामा कुनै परिवर्तन भएको छैन ।

भारत शिर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो ,दक्षिण अफ्रिका तेस्रो तथा पाकिस्तान चौथो स्थानमा छ । अमेरिका १९ तथा युएई २० औँ स्थानमा छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०७:१४
प्रतिक्रिया दिनुहोस्