ADD FOR WEBSIDE ADD FOR WEBSIDE

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा 

बिहीबार, भदौ ६, २०८१

काठमाडौँ : बीसबर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा घरेलु टोली नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

समूह चरण अन्तर्गतको अन्तिम खेलमा बंगलादेशलाई हराउँदै नेपाल समुह बिजेताका रुपमा सेमिफाइनल पुगेको हो सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिवार भएको खेलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपाल समुह ए को बिजेता बनेको हो ।

पहिलो हाफमै दुई शुन्यले पछि परेको बंगलादेशले पहिलो हाफको अन्ततिर एक गोल फर्काउन सफल भयो । खेलको १७ मिनेटमा समिर तामाङको गोलबाट अग्रता लिएको  नेपालका लागि १८ औँ मिनेटमा निराजन धामीले दोस्रो गोल गरे ।

बंगलादेशले पनि श्रीलंकालाई पराजित गरेर यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

भोली शुक्रबार भारत र माल्दिभ्सबीचको खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्