ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आईसीसी वरियतामा खस्किदैँ महिला क्रिकेट

बिहीबार, भदौ ६, २०८१

काठमाडौँ : आईसीसी टि–२० क्रिकेटको बलिङतर्फ नेपालका कुनै पनि महिला खेलाडी सयौँ वरियता भित्र पर्न असफल भएका छन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जारी गरेको पछिल्लो वरियतामा बलिङतर्फ नेपालका कुनै पनि खेलाडी  एक सय स्थानसम्म पनि अटाउन सकेका छैनन् । टि–२० बलिङतर्फ इङल्याण्डका सोफी एक्लेस्टोन शिर्ष स्थानमा रहेकी छन् ।

यस्तै इङ्ल्याण्डकै सारा ग्लेन दोस्रो तथा भारतकी दिप्ती शर्मा तेस्रो नम्बरमा छिन् । ब्याटिङतर्फ भने नेपालकी दुई खेलाडी सिता रानामगर र रुबिना क्षेत्री शिर्ष सयभित्र अटाएकी छिन् । रुबिना क्षेत्री ८५ औँ स्थानमा यथावत रहँदा सिता राना एक स्थान तल खस्कँदै  ७९ औँ स्थानमा आईपुगेकी छन् ।

अष्ट्रेलियाकी बेथ मुनी र ताहलिया म्याकग्रा क्रमश शिर्ष र दोस्रो स्थानमा रहँदा वेष्टइण्डिजकी हेली म्याथ्यूज तेस्रो स्थानमा रहेकी छन् । टि–२० अलराउण्डरतर्फ रुबिना क्षेत्रीले एक स्थान सुधार गर्दै ४९ औँ स्थानमा उक्लिएकी छन् ।

सिता राना ५३ औँ तथा इन्दु बर्मा ६७ औँ स्थानमा यथावत छिन् ।

ओडिआई तर्फ नेपालको गिन्ति नै छैन । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  २१:५६
प्रतिक्रिया दिनुहोस्