ADD FOR WEBSIDE ADD FOR WEBSIDE

काजकिस्तानकी कालिनोभा मद्येश युनाइटेडमा भित्रिईन

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ : मधेश युनाइटेडले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि अर्को विदेशी खेलाडीलाई पनि भित्राएको छ ।

यसअघि काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको मद्येशले दोस्रो विदेशी खेलाडीको रुपमा ट्युनिसियाकी योस्रा जेरामदिनीलाई अनुबन्धन गरेको हो ।इडब्लुभिएलमा दुई विदेशी घोषणा गर्ने मधेश पहिलो टोली बनेको छ ।  

ट्युनिसियाको राष्ट्रिय टिमकी सदस्य समेत समेत रहेकी २३ वर्षीय योस्रासँग रसियन लिग खेलेको अनुभव छ । उनले ट्युनिसियन लिग, ट्युनिसियन सुपर कप समेत खेलेकी छन् । उनको उचाई १८४ सेन्टिमिटर छ । मधेश युनाईटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठका अनुसार योस्रालाई मधेश टिममा स्वागत गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै उनकोे आगमनले मद्येश टिम शसक्त बनेको दाबी गरिन् । मद्येशको टोलीमा मार्की प्लेअरमा निरुता ठगुन्ना छिन् ।

राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि छन् । यस्तै काभा यू-२० महिला च्याम्पियनसिप खेले यू-२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन् । राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसी पनि मधेश टिमबाट खेल्नेछन् । जसना महतो पनि मधेशको टिममा छिन् ।

मद्येशले अहिलेसम्म ८ नेपाली र २ विदेशी गरी १० खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्