ADD FOR WEBSIDE ADD FOR WEBSIDE

मुलपानी मैदानको मास्टर प्लान आइतबारसम्म उपलब्ध गराउनुपर्ने

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगाामी आइतबारसम्म मुलपानी क्रिकेट मैदानको गुरुयोजनाको डिजाईन सहितको पुरा प्याकेज उपलब्ध गराउन निर्देशन दिएका छन् ।

मन्त्री चौधरीले मुलपानीस्थित क्रिकेट मैदान र विराटनगरस्थित गिरिजाप्रसाद कोइराला रंगाशालाको भौतिक पुर्वाधारका लागि तयार गरिएको गुरुयोजना बारे नेपाल क्रिकेट संघ क्यान, राष्ट्रिय खेलकुद परिषद् राखेप र राष्ट्रिय योजना आयोगका पदाधिकारीसहित मन्त्रालयका कर्मचारीसँग छलफल गरेका थिए । 
छलफलका क्रममा पर्सि आइतबार अर्थात भदौ ९ गतेसम्म मुलपानी क्रिकेट मैदान लगायतका मास्टर प्लानको डिजाईनसहितको पूरा प्याकेज उपलब्ध गराउन निर्देश दिएको मन्त्रालयले जनाएको छ  । 
साथै मुलपानी लगायत प्रदेशमा भएका खेलकुदका भौतिक पुर्वाधार समयमै सकिने गरी प्रक्रिया अगाडी बढाउनसमेत मन्त्री चौधरीले निर्देशन दिए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्