ADD FOR WEBSIDE ADD FOR WEBSIDE
यू -२० साफ च्याम्यिन्ससीप

डिफेन्डिङ च्याम्पियन भारत सेमिफाइनलमा, नेपालको प्रतिद्वन्दी भुटान

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ : डिफेन्डिङ च्याम्यिन भारत बीसबर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको खेलमा माल्दिभ्सलाई १–० ले हराउँदै भारत समुह बीको बिजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । भारतका लागि इञ्जुरी समय माङलेनथान किभजेनले गोल गर्दै जित दिलाए ।

पराजित माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । माल्दिभ्सको हारले भुटान उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले अब सेमिफाइनलमा आइतबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो सेमिफाइनलमा सोमबार भारतले बंगलादेशसंग खेल्नेछ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्