ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पल्सर स्पोटर्स अवार्ड पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको अन्तिम मनोनयन सार्वजनिक गरेको छ ।

काठमाडौँमा शुक्रवार आयोजित एक कार्यक्रमकाबीच एनएसजेएफले बिभिन्न बिद्यामा परेका ५ खेलाडीको नाम सार्वजनिक गरेको हो । मनोनयनमा नेपाली क्रिकेटका गुलशन झा, फुटबलकी प्रीति राई ,भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती बिष्ट र रग्बीका श्रीराम श्रेष्ठ रहेका छन् ।

मनोनयनमा पर्ने पाँच मध्ये एक जनालाई यही भदौ २८ गते हुने अवार्ड कार्यक्रममा पल्सर मोटरसाइकलसहित पुरस्कृत गरिने एनएसजेएफले जनाएको छ । पिपल्स च्वाइस विधाको विजेता मञ्चका सदस्य र राष्ट्रिय प्रशिक्षक तथा इसेवा र फेसबुक पेजमा खेल प्रेमीले गर्ने मतका आधारमा चयन हुनेछ ।

खेल प्रेमीले इसेवामा गरेको मतको मतभार ५० प्रतिसत, फेसबुकमा गरेको मतको भार २५ प्रतिशत तथा खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकको मतको भार समान १२.५ प्रतिशत हुने मञ्चका महासचिव एवं अवार्डको खेलाडी छनोट समितिका संयोजक प्रज्वल ओलीले जानकारी दिए ।

नेपाली खेलकुदकै सबभन्दा ठूलो अवार्डका रुपमा स्थापित पल्सर स्पोर्टस् अवार्डमा मञ्चले यसपाली १० विधा समावेश गरेको छ । जसअनुसार वर्षको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक र पिपल्स च्वाइस विधा छन् ।

तपाईको मत कसलाई ?

publice-choice-1724433529.jpg


 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्