ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल:

कोलकत्ता आईपिएलको शिर्षमा 

सोमबार, वैशाख २४, २०८१

काठमाण्डौ :कोलकत्ता नाईटराईडर्स इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको शिर्ष स्थानमा उक्लिएको छ । आईतबार राती भएको खेलमा लखनाउमाथि ९८ रनको फराकिलो जित निकाल्दै कोलकत्ता शिर्ष स्थानमा उक्लिएको हो ।

जितका लागि कोलकत्ताले दिएको २३६ रनको बिशाल लक्ष्य पछ्याएको लखनाउ १६.१ ओभर खेल्दै १३७ रनमा अलआउट भयो । उसकालागि मार्कस स्टोइनिसले सर्बाधिक ३६ रन बनाएपनि अन्य ब्याटरले सम्झनलायकको प्रदर्शन गर्न सकेनन् ।

त्यसअघि अटल बिहारी बाजपेई एकना स्टेडियम लखनाउमा टस हारेर पहिले ब्याटिङमा तानिएको कोलकत्ताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २३५ रन बनाएको थियो ।

उसका लागि सुनिल नरैनले बिस्फोटक ब्याटिङ गर्दै सर्बाधिक ८१ रन जोडे । ३९ बलको सामना गरेका उनले ७ छक्का र ६ छक्का प्रहार गरे । उनी प्लेअर अफ दि म्याच घोषित भए ।

जितसंगै ११ खेलबाट ८ खेलमा जित निकाल्दै शिर्ष स्थानमा पुगेको कोलकत्ताको १६ अंक पुगेको छ । एक खेल कम खेलेको राजस्थान समान अंक भएपनि दोस्रो स्थानमा छ । 

सोमबार एक मात्रै खेल हुनेछ । ५५ औँ खेलमा सोमबार मुम्बई र्एण्डियन्स र सनराईजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।  

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०६:४०
प्रतिक्रिया दिनुहोस्