ADD FOR WEBSIDE ADD FOR WEBSIDE

त्रिकोणात्मक सिरिजमा मलेसिया हङकङसंग पराजित

शनिबार, भदौ ८, २०८१

एजेन्सी : त्रिकोणात्मक टी–२० सिरिजमा घरेलुटोली मलेसिया हङकङसंग पराजित भएको छ ।

शुक्रवार भएको खेलमा मलेसिया हङकङसंग ६ विकेटले पराजित भएको हो । जितकालागि घरेलुटोलीले दिएको १०२ रनमो मध्यम लक्ष्य हङकङले १९ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्यो । हङकङको जितमा कप्तान निजकत खानले अविजित रहँदै सर्वाधिक ३७ रनको योगदान गरे । बाबर हायातले ३४ तथा यशिम मुर्ताजले अविजित १३ रन बनाए ।

त्यसअघि सेलेङ्गरको टफ क्लब क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको मलेसियाले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १०१ रन बनाएको थियो । उसकालागि कप्तान शेयद अजिजले सर्वाधिक ३१ तथा अहमत फैजले १६ रन बनाएपनि अन्य ब्याटरले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् ।

जारी सिरिजमा घरेलुटोली मलेसियासंगै, हङकङ र कुबेत सहभागि छन् । अहिले सम्म दुई ओटा खेल खेलेका तीन ओटै टोलीले एकमा जित र एकमा हार ब्यहोरेका छन् ।

तीनै टोलीको समान २ अंक भएपनि रनरेटका आधारमा हङकङ शिर्ष स्थानमा छ । मलेसिया दोस्रो तथा कुबेत तेस्रो स्थानमा छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्