ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दक्षिण अफ्रिकालाई वेष्टइण्डिजले हरायो 

शनिबार, भदौ ८, २०८१

एजेन्सी :दक्षिण अफ्रिका विरुद्धको टी–२० सिरिजमा वेष्टइण्डिजले बिजयी सुरुवात गरेको छ ।

शनिवार (आज) बिहान भएको खेलमा वेष्टइण्डिजले दक्षिण अफ्रिकालाई ७ विकेटले हराउँदै शानदार सुरुवात गरेको हो । जितकालागि दक्षिण अफ्रिकाले दिएको १७५ रनको लक्ष्य पछ्याएको घरेलुटोलीले १३ बल बाँकी छँदै ३ विकेटको नोक्सानीमा भेटायो । वेष्टइण्डिजको जितमा निकोलस पुरनले बिस्फोटक ब्याटिङ गरे । २६ बल खेलेका उनले २ चौका र ७ छक्का प्रहार गर्दै अविजित ६५ रन जोडे । शाइ होपले ५१ तथा एलिकले ४० रनको योगदान गरे ।

त्यसअघि ब्रन लारा स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाएको थियो । उसकालागि ट्रिस्टन स्टब्सले सर्वाधिक ७६ तथा प्याट्रिक क्रुगरले ४४ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन । जितसंगै वेष्टइण्डिजले तील खेलको सिरजमा १–० को अग्रता बनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्