ADD FOR WEBSIDE ADD FOR WEBSIDE

शिखर धवनले तीनवटै फर्म्याटबाट सन्यास लिए 

शनिबार, भदौ ८, २०८१

एजेन्सी : भारतीय क्रिकेटर शिखर धवनले सन्यासको घोषणा गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल मार्फत उनले तीनवटै फर्म्याटबाट सन्यासको घोषणा गरेका हुन् । गब्बर’ नामबाट चिनिने धवनले अन्तर्राष्ट्रिय करियरमा भारतका लागि ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी–२० खेल खेलेका छन् ।  उनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा १० हजारभन्दा बढी रन बनाएका छन् । धवनले पछिल्लो पटक सन् २०२२ मा बंगलादेशविरुद्ध एकदिवसीय खेल खेलेर भारतको प्रतिनिधित्व गरेका थिए तर दुर्भाग्यवश, धवनले आफ्नो अन्तिम इनिङ्समा खास केही गर्न सकेनन् ।

 उनले ८ बलमा ३ रन मात्र बनाएका थिए ।  त्यही खेलमा इशान किशनले १३१ बलमा २१० रनको ऐतिहासिक इनिङ खेलेका थिए ।  धवनले सन् २०१० मा भारतको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

क्रिकेटबाट सन्यासको घोषणा संगै अब  आइपिएल २०२५ मा उनलाई देख्न पाइने छैन ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्