ADD FOR WEBSIDE ADD FOR WEBSIDE

युट्युवबाट २४ घण्टामा रोनाल्डोले कमाए ४० लाख 

दुई दिनमा सस्क्राईभर ४ करोड नजिक
शनिबार, भदौ ८, २०८१

एजेन्सी : बिश्व फुटबलका बादशाह क्रिस्टियानो रोनाल्डो यतिबेला फेरि चर्चामा छन् ।

उनको यो चर्चा न उनले गरेको गोलको, न उनले खेलेको फुबलको हो । युट्युव च्यानल खोलेपछि उनको चर्चा निकै बढेको हो । छोटो समयमै युट्युवमा सस्क्राइबरको संख्या करोड नाघेपछि उनको बिश्वभर निकै चर्चा चुलिएको छ ।

करौँडौ डलरको मालिक बनिसकेको उनलाई किन युट्युव च्यानल खोल्नुपर्ने अबस्था आईलाग्यो । के युट्युबमा उनको च्यानलले रेकर्ड बनाउन लागेको त हैन ? २४ घण्टामा कति कमाए त उनले युट्युवबाट ?

आज हामी यसैको पेरि फेरिमा चर्चा गर्नेछौँ :

क्रिस्टियानो रोनाल्डोले आफ्नो नयाँ युट्युव च्यानल यूआर क्रिस्चियानो सुरु गरेका छन् । उनले खोलेको युट्युब च्यानलले पहिलो दिनमै हलचल मच्चाईदियो । सामाजिक सञ्जालमा पहिलेदेखि नै सबैभन्दा धेरै फलोअर बटुल्न सफल  रोनाल्डोले अहिले युट्युबमा पनि तरङ्ग मच्चाइरहेका छन् ।  युट्युब च्यानलमा उनले यो भिडियो रेकर्ड हुँदै गर्दा १९ ओटा भिडियोहरु अपलोड गरेका छन्  । तर सबै भिडियो १ मिनेटको हाराहरीका रहेका छन् । जसमध्ये २ ओटा भिडियोहरु ३ मिनेटको हाराहारीका छन् । भिडियो छोटो भएपनि भ्यूजको कुनै कमी छैन । कुनै भिडियोमा करोड भ्यूज गएका छन् भने राखिएका सबै बिभिडयोमा लाखाँै भ्युज छन् । 

क्रिस्टियानो रोनाल्डोले आफ्नो युट्युब च्यानलबाट कति कमाए होलान ? तपाई अनुमान गर्न सक्नुहुन्छ ? दुई दिनमा रोनाल्डोले १२ वटा भिडियो अपलोड गरेका छन् । युट्युबमा १० मिनेटको भिडियो सबैभन्दा बढी प्ले हुने विश्वास गरिन्छ तर रोनाल्डोको जादुका कारण उनको छोटो भिडियोले पनि लाखौं भ्युज पाइरहेको छ ।

भ्युस्ट्याटको रिपोर्टका अनुसार यो समाचार तयारपार्दासम्म रोनाल्डोको भिडियोलाई १२ करोड १० लाख भ्युज प्राप्त भइसकेको छ । योसँगै क्रिस्टियानो रोनाल्डोको २५ देखि ४० लाखसम्म रकम युट्युबाट कमाईसकेका छन् । 


रोनाल्डोको युट्युब च्यानलमा यो समाचार तयारपार्दा सम्म झण्डै ४ करोड , यानकी ३ करोड ७० लाख ३० हजार  सब्सक्राइबर पुगिसकेका छन् । उनले आफ्नो छोरा क्रिस्टियानो जुनियर र पार्टनर जर्जिना रोड्रिगेजसँगको भिडियोहरु युट्युवमा अपलोड गरेका छन् । 


 

 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्