ADD FOR WEBSIDE ADD FOR WEBSIDE
त्रिकोणात्मक टी–२० सिरिज

कुबेतसंग हङकङ २ विकेटले पराजित 

शनिबार, भदौ ८, २०८१

एजेन्सी : मलेसियामा जारी त्रिकोणात्मक टी–२० सिरिजमा कुबेतले हङकङलाई पराजित गरेको छ ।

आज भएको खेलमा कुबेतले हङकङमाथि २ विकेटको जित निकाल्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको हो । जितकालागि हङकङले दिएको १४५ रनको लक्ष्य कुबेतले ३ बल बाँकी छँदै ८ विकेट गुमाएर भेटायो । रविजा सन्दारुवानले सर्वाधिक ४२ रनको योगदान गरे । बिलाल ताहिरले ३८ रन जाडे ।

त्यसअघि सेलेङ्गरको टफ क्लब क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । उसकालागि कप्तान निजाकत खानले सर्वाधिक ६१ रनको पारी खेलेपनि जित दिलाउन सकेनन् ।

जितसंगै ३ खेलबाट ६ अंक जाडेको कुबेत शिर्ष स्थानमा छ । २ खेलबाट ४ अंक जोडेको मलेसिया दोस्रो तथा ३ खेलबाट २ अंक जोडेको हङकङ तेस्रो स्थानमा छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्