ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दक्षिणका खेलाडीसंग सेल्फि लिएपछि उत्तर कोरियाली खेलाडी कार्बाहीमा

शनिबार, भदौ ८, २०८१

पेरिस ओलम्पिकमा दक्षिण कोरियाका खेलाडीसंग फोटो खिचाएको आरोपमा उत्तर कोरियाका खेलाडीहरु कार्बाहीका परेका छन् ।

पेरिस ओलम्पिकका क्रममा दक्षिण कोरियाली टेबलटेनिस खेलाडीसँग फोटो खिचाउने दुई उत्तर कोरियाली खेलाडी स्वदेश फर्केपछि कार्बाहीमा परेका हुन् ।

टेबलटेनिसको मिश्रित प्रतियोगितामा रजत पदक जितेका खेलाडी रि जोङ सिक र किम कुम योङले पदक समारोहपछि चीन र दक्षिण कोरियाका खेलाडीसँग सेल्फी खिचेका थिए ।  पेरिस ओलम्पिकमा दक्षिण कोरियाका खेलाडीसँग अन्तरक्रिया नगर्न उत्तर कोरियाले निर्देशन दिएको थियो ।

दक्षिण कोरियाली मिडियाका अनुसार फोटो खिच्ने क्रममा उत्तर कोरियाली खेलाडीको मुस्कुराउने व्यवहारले त्यहाँका अधिकारीहरूलाई विशेष समस्यामा पारेको थियो ।
 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्