ADD FOR WEBSIDE ADD FOR WEBSIDE

काभामा पदक जित्ने चार भलिबल टोली सम्मानित

शनिबार, भदौ ८, २०८१

काठमाडौँ : नेपाल भलिबल संघले काभा भलिबलका बिजेताहरुलाई नगद सहित सम्मान गरेको छ ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव  टंकलाल घिसिङले काभाको विभिन्न प्रतियोगितामा पदक जितेका चार भलिबल टोलीलाई नगद सहित सम्मान गरेका हुन् ।

भुटानमा भएको काभा बिच भलिबलमा स्वणै जित्ने महिला टोली,रजत जित्ने पुरुष टोली, माल्दिभ्समा भएको काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा कांस्य जित्ने टोली र नेपालमा भएको काभा महिला भलिबल नेसन्स लिगमा रजत जितेको नेपाली टोलीलाई नगद सहित सम्मान गरिएको हो ।

यसैबिच राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जगदिश भट्टलाई मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी दिइएको छ । राखेपका सदस्य सचिव घिसिङले भट्टलाई भलिबलको मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय भएको बताउका हुन् । नयाँ जिम्मेवारीको पत्र भने उनलाई भोली मात्रै दिईनेछ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २०:३९
प्रतिक्रिया दिनुहोस्