ADD FOR WEBSIDE ADD FOR WEBSIDE

फाइनल पुग्न आज नेपाल र भुटान भिड्दै

आइतबार, भदौ ९, २०८१

काठमाडौँ : बीसबर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेपछि हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल प्रवेश गर्ने योजनामा हुनेछन् । भारतले माल्दिभ्सलाई हराएपछि भुटान  सेमिफाइनल पुगेको हो भने नेपाल बंगलादेशलाई हराउँदै समुह बिजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।

शुक्रवार भएको खेलमा माल्दिभ्सलाई १–० ले हराउँदै भारत समुह बीको बिजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्दा माल्दिभ्सको हारले भुटान उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

आजको बिजेताले उपाधिकालागि भोली (सोमबार ) हुने भारत र  बंगलादेशबीचको बिजेतासंग खेल्नेछ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०८:३८
प्रतिक्रिया दिनुहोस्