ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एनपिएलको फ्रेन्चाइज किन्न १६ कम्पनीको आवेदन 

आइतबार, भदौ ९, २०८१

काठमाडौँ  : नेपाल प्रिमियर लिग(एनपिएल) को फ्रेन्चाइज किन्न १६ ओटा कम्पनीले आवेदन दिएका छन् ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार एनपिएलको फ्रेन्चाइज किन्न १६ ओटा आवेदन परेको हो । आवदेन दिनेमा धेरैजसो ठूला र नाम चलेका नेपालका व्यापारिक घरानाहरु रहेको क्यानले जनाउको छ ।

एनपिएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । लिगको पहिलो संस्करणमा बढीमा ८ टोली सहभागी गराउने गरी छलफल भईरहेको भएपनि यति नै टोली खेलाउने भन्ने टुंगो लागेको छैन । 


 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्