ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आयरल्याण्ड वुल्भ्ससंग २१ रनले हार्यो नेपाल

एक दिवशीय श्रृखंला
बुधबार, चैत २१, २०८०

काठमाण्डौःआयरल्याण्ड वुल्भ्स बिरुद्धको पहिलो एक दिवशीय श्रृखंलामा घरेलु टोली नेपाल पराजित भएको छ । बुधबारबाट सुरु भएको श्रृखंखलाको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको हो । जितका लागि १५८ रनको लक्ष्य पछ्याएको नेपाल २३ दशमलब ३ ओभरमा १३६ रनमा अलआउट हुन पुग्यो ।

नेपालका लागि सहाब आलमले सर्बाधिक ३७ रनको योगदान गरे । देब खनालले २६ ,बसिर अहमदले २० रन जोडे । त्यसअघि  त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर ब्याटिङ थालेको वुल्भ्स ३८.३ ओभरमा अलआउट हुँदै १५७ रनमा समेटियो । आयरल्याण्ड वुल्भ्सका लागि काड कारमाइकलले सर्बाधिक ५१ रन जोडे । कप्तान निल रकले ३९ तथा पिटर मूरले २१ को योगदान गरे ।

बलिङतर्फ बकमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिए । शहाब आलम र मौसम ढकालले २–२ विकेट हात पार्दा रिजन ढकालले एक विकेट आफ्नो नाममा लेखाए । जितसंगै श्रृखलामा आयरल्यडको उल्भ्सले १–० को अग्रता बनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्