ADD FOR WEBSIDE ADD FOR WEBSIDE

प्रिमियर लिग:लिभरपुल ब्राईटन र चेल्सी विजयी

सोमबार, वैशाख २४, २०८१

काठमाण्डौँ । ईङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल ब्राईटन र चेल्सी विजयी भएका छन् । आईतबार साँझ भएको खेलमा लिभरपुलले टोटनह्याममाथि ४–२ गोलले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाह,एन्ड्रयू रोबर्टसन, कोडी गाक्पो र हार्वे इलियटले एक एक / गोल गरे । अर्को खेलमा ब्राईटनले एस्टन भिल्लालाई १–० ले पराजित गर्दा चेल्सीले वेष्टह्याममाथि ५–० को शानदार जित बटुलेको छ ।

चेल्सीको जितमा निकोलस ज्याक्सनले दुई गोल गरे । नोनी माडुके, कोनोर गालाघर र कोल पाल्मरले एक /एक गोल गरे । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्