ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भुटानलाई ट्राईब्रेकरमा हराउँदै नेपाल फाईनलमा

आइतबार, भदौ ९, २०८१

काठमाडौँ : भुटानलाई ट्राईब्रेकरमा हराउँदै घरेलु टोली नेपाल बीसबर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले भुटनविरुद्ध ट्राईब्रेकरमा ४–१ गोलको जित निकालेको हो । एक शुन्यले पछि परेको नेपालकालागि ७७ औँ मिनेटमा निराजन धामीले बराबरी गोल फर्काएका थिए । त्यसपछि दुबै टोलीबाट थप गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।

खेलको ७७ औं मिनेटमा  किन्जाङ तेन्जिङ दोस्रो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडीमा सिमित बनेको थियो । दोस्रो सेमिफाइनलमा भोली (सोमवार) भारतले बंगालादेशको सामना गर्नेछ ।

नेपालले अब उपाधिकालागि भारत र बंगालादेशबीचको बिजेतासंग खेल्ने छ । फाइनल खेल बुधवार दशरथरंगाशालामा हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्