ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कभर्डहल बनाउन राखेपले गठन गर्यो उपसमिति 

आइतबार, भदौ ९, २०८१

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद्ले भलिबलको कभर्डहल निर्माणका लागि तीन सदस्यीय उप समिति गठन गरेको छ ।

परिषद्का सदस्य सचिव स्तरिय निर्णयबाट भलिवल संघका अध्यक्ष जीतेन्द्र बहादुर चन्दको संयोजकत्वमा आइतवार तीन सदस्यीय उप समिति गठन गरेको हो ।

समितीमा अध्यक्ष चन्दसंगै अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य रहेका छन् । उपसमितिले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा सम्पन्न भलिबल कभर्डहलको निर्माणका लागि जग्गा प्राप्ती र आवश्यक तयारीका बारेमा ठोस निर्णय लिनेछ ।

उपसमितिले  विभिन्न सरकारी निकाय तथा स्थानिय तहसंग समन्वय गरी उपयुक्त जग्गा छनौट गरि प्राप्तीका लागि प्रारंभिक चरणको कार्य गर्नु पर्ने छ । जग्गा एकिन भएपछि २०८१ असोज महिना भित्र डि-पीआरको लागि आधार तयार गर्ने उपसमितिलाई कार्यदेश दिईएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  २२:५५
प्रतिक्रिया दिनुहोस्