ADD FOR WEBSIDE ADD FOR WEBSIDE

फाइनल प्रवेशकालागि आज भारत र बंगलादेश भिड्दै

सोमबार, भदौ १०, २०८१

काठमाडौ : बीसबर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेपछि हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल प्रवेश गर्न चाहान्छ । डिफेन्डिङ च्याम्यिन भारत आज जित निकाल्दै फाइनलमा नेपालसंग भेट पक्का गर्ने योजनामा छ ।

यसअघि आइतवार भएको पहिलो सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइनल पुगिसकेको छ । फाइनल खेल बुधवार दशरथरंगालामा हुनेछ । 
 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्