ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दक्षिण अफ्रिका विरुद्धको टि–२० सिरिज वेष्टइण्डिजलाई

सोमबार, भदौ १०, २०८१

एजेन्सी : दक्षिण अफ्रिका विरुद्धको टि–२० सिरिज वेष्टइण्डिजले जितेको छ ।

आज बिहान भएको दोस्रो खेलमा पनि दक्षिण अफ्रिका ३० रनले पराजित भएपछि वेष्टइण्डिजले तीन खेलको सिरिज एक खेल अगावै २–० ले आफ्नो पक्षमा पारेको हो । जितकालागि वेष्टइण्डिजले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका १९.४ ओभरमा अलआउट हुँदै १४९ रनमा समेटियो ।

उसकालागि रिजा ह्यान्ड्रिकले सर्वाधिक ४४ रनको योगदान गरे । ट्रिस्टन स्टब्सले २८ तथा रायन रिकेल्टनले २० रन बनाएपनि अन्य ब्याटरले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् ।

त्यसअघि वेष्टइण्डिजको ब्रेनलारा स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको घरेलुटोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

उसकालागि शाइ होपले सर्वाधिक ४१,रोभमन पावेलले ३५,शेर्फेन रदरफोर्डले २९ तथा एलिक एथेनाजेले २८ रन जोडे । तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्