ADD FOR WEBSIDE ADD FOR WEBSIDE

मलेसियालाई हराउँदै कुबेत फाइनलमा

सोमबार, भदौ १०, २०८१

एजेन्सी : मलेसियालाई हराउँदै कुबेत त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

आइतवार भएको खेलमा मलेसियालाई १८ रनले हराउँदै कुबेत फाइनलमा पुगेको हो । जितका लागि कुबेतले दिएको १६४ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रनमा समेटियो ।

मलेसियाकालागि अकिल वाहितले सर्वाधिक ४७ रनको योगदान गरे । शर्विन मुनिन्दीले ३९ तथा कप्तान शेयद अजिजले २५ रन जोडे । त्यसअघि सेलेङ्गरको टर्फ क्लबमा टस हारेर ब्याटिङमा तानिएको कुबेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो । उसकालागि मिट भावसारले सर्वाधिक ५९ रन जोडे । कप्तान मोहम्मद असलमले २८,मुहम्मद उमरले २६ तथा उसमान पटेलले १६ रन जोडे । 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्