ADD FOR WEBSIDE ADD FOR WEBSIDE
साफ यू -२०

भारतलाई स्तब्ध पार्दै बंगालादेश फाइनलमा

उपाधिकालागि नेपालसंग खेल्ने 
सोमबार, भदौ १०, २०८१

काठमाडौँ : डिफेन्डिङ च्याम्यिन भारतलाई स्तब्ध पार्दै बंगालादेश बीस बर्ष मुनिको साफ च्याम्पियन्सीप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको सेमिफाइनलमा दुबै टोली १–१ को बराबरीमा रोकिएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा भारतलाई ४–३ गोलले स्तब्ध पार्दै बंगालादेशले उपाधिकालागि नेपालसंग उपाधि भिडन्त पक्का गरेको हो ।खेलको ३५ औँ मिनेटमा असदुल मोल्लाले गोल गर्दै बंगालादेशकालागि अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा बंगालादेश सम्हालिन सकेन । खेलको ७५ औँ मिनेटमा भारतीय कप्तान हाबरले भारतकालागि बराराबरी गोल फर्काएका थिए ।

उनले गरेको प्रहार बंगलादेशका गोलकिपर एमदी मेहेदी हसनले पहिल्याउन नसक्दा बलले जाली चुमेको थियो । त्ययसपछि दुबै  टोलीबाट थप गोल हुन नसकेपछि खेल ट्राईब्रकरमा धकेलिएको थियो । बंगालादेशका गोल किपरले भारतले प्रहार गरेको पहिलो र पाँचौ पेनाल्टी रोकेको हो ।

जितसंगै बंगालादेशले गत बर्ष भारतसंग फाईनलमा ब्यहोरेको हारको बदला समेत लिएको छ । अब बंगालादेशले उपाधिकालागि बुधवार घरेलु टोली नेपालसंग दशरथ रंगाशालामा खेल्नेछ ।
 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्