ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक

मंगलबार, भदौ ११, २०८१

काठमाडौँ : महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आज सार्वजनिक गरेको तालिका अनुसार उद्धघाटन खेलमा बंगलादेश र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । विश्वकपका खेलहरु युएईको दुवाई र सारजाहामा खेलाईने आईसीसीले जनाएको छ । जसमध्ये दुवाईमा १२ र सारजाहमा ११ खेलहरु हुनेछन् ।

समूह ‘ए’ मा साविक विजेता अस्ट्रेलिया, पाकिस्तान, भारत, न्युजिल्यान्ड र श्रीलंका रहेका छन् । यस्तै समुह ‘बी’ मा दक्षिण अफ्रिका, इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र स्कटल्यान्ड रहेका छन् ।

प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । बंगालादेशमा प्रतियोगिता गराउने टुंगो लागेपनि पछिल्लो घटनाक्रका कारण असुरक्षा बढेको भन्दै आईसीसीले प्रतियोगिता युएईमा सारेको हो ।

प्रतियोगिता अक्टोबर ३ देखि २० सम्म युएईमा हुनेछ । 

यस्तो छ खेल तालिका :

457038559_1484240288905206_6315346540150944331_n-1724749330.jpg


 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्