ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कस्ले जित्ला साफ च्याम्पियनसिपको उपाधि ? नेपाल वा बंगालादेश !

मंगलबार, भदौ ११, २०८१

काठमाडौँ : बीस वर्ष मुनिको साफ च्याम्पियनसिपको उपाधि भिडन्त भोली बुधवार हुँदैछ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्स्मा हुने फाईनलमा घरेलु टोली नेपाल तेसैो पटक उपाधि चुम्ने योजनमा छ । नेपालले सन् २०१५ मा घरेलु मैदानमा भएको प्रतियोगितामा भारतलाई पेनाल्टीसुटआउटमा ५–४ गोलले हराउँदै पहिलो पटक उपाधि जितेको थियो । त्यसको २ बर्षपछि सन् २०१७ मा घरेलु मैदानमै भएको प्रतियोगितामा पनि नेपालले उपाधि हात पार्यो ।

त्यतिबेला फाइनलमा प्रतिद्वन्दी थियो बंगालादेश । उक्त खेलमा पनि नेपाल बिजयी बनेको थियो । त्यसयता भने नेपालले उपाधि चुम्न सकेको छैन । बंगालादेश यस्तो अभागि टोली हो । जसले तीन पटक फाइनल पुगेर पनि उपाधि भने जित्न सकेको छैन् । बंगालादेश फाइनलमा भारतसंग दुईपटक पराजित हुँदा एक पटक नेपालसंग हारेको छ । त्यसैले पनि नेपालसंग फाइनलमा भोगेको हारको बदला लिँदै पहिला पटक उपाधि उचाल्न चाहान्छ । तर नेपाल र बंगालादेश दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । भोली हुने फाइनल खेल अघि आज मंगलवार एन्फा कम्प्लेकस्मा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घरेलु मैदानमा उपाधि जित्ने दाबी गरेका हुन् ।

बंगलादेशका मुख्य प्रशिक्षक एकेएम मरुफुल हाकीले पनि उपाधि जित्न आफ्नो टोली सक्षम रहेको प्रतिक्रिया दिएका छन् । फाइनल खेल दशरथ रंगशालामा हुने भनिएपनि वर्षाका कारण मैदान हिलाम्य हुँदा एन्फाले प्रतियोगिता आफ्नै मुख्यालयमा गर्ने भएको हो । यसका कारण पनि आफूहरुलाई खेल जित्न सहज हुने नेपाली टोलीका मुख्य प्रशिक्षक श्रेष्ठको दाबी छ ।

करिब ४५ दिन एन्फा मुख्यालयमा साफका लागि नेपाली टोलीले तयारी गरेको छ जसमा अहिलेसम्म लगातार तीन खेल जितेको नेपाल उच्च मनोबलमा छ । नेपाली टोलीका कप्तान कुशल देउवाले पनि फाइनलका लागि तयार रहेको बताएका छन् ।

फाईनल खेल भोली दिउँसो साँढे २ बजे एन्फ कम्प्लेक्समा हुनेछ ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्