ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एशियन जुनियरमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्ने

मंगलबार, भदौ ११, २०८१

काठमाडौँ : युएईमा हुने एशियन जुनियर बक्सिङ प्रतियोगितामा नेपालका चार खेलाडी सहभागिता जनाउने भएका छन् ।

बक्सिङ कन्फेडेरेशनको आयोजनामा अवुधावीमा हुने एशियन जुनियर तथा स्कुल ब्वाईज एण्ड गल्र्स बक्सिङ प्रतियोगितामा नेपालबाट चार जना पुरुष खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ ।

नेपालबाट जुनियर ४६ केजी तौल समूहमा चन्दन शाही, ६० केजी तौल समूहमा शेरप गल्चेन शोर्पा, ६१ केजीमा रोमस श्रेष्ठ र ८० केजीमा सर्यन बैद्यले प्रतिस्पर्धा गर्नेछन् । अगष्ट २७ देखि सेप्टेम्बर १० तारिख (भदौ ११ देखि २५) गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न देशका १३ देखि १६ बर्ष उमेर समूहका ४५० जना भन्दा बढी खेलाडीले सहभागिता जनाउने छन् ।

नेपालको तर्फबाट एशियन जुनियर प्रतियोगितामा सहभागी हुने जाने खेलाडीहरुको छनौट देशभरका १७५ जना खेलाडी वीचबाट गरिएको नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्