ADD FOR WEBSIDE ADD FOR WEBSIDE

रहेनन् अर्जेन्टिनालाई विश्वकप दिलाएका मेनोट्टी

सोमबार, वैशाख २४, २०८१

एजेन्सी :विश्वकप विजेता अर्जेन्टिनाका प्रशिक्षक सेजर लुइस मेनोट्टीको निधन भएको छ । अर्जेन्टिना फुटबल संघ (एएफए)का अनुसार मेनोट्टीको ८५ वर्षको उमेरमा निधन भएको हो ।

अर्जेन्टिनालाई सन् १९७८ मा उपाधि दिलाएका विश्वकप विजेता प्रशिक्षक मेनोट्टीको निधनले अर्जेन्टिनी फुटबलमा अपुरणीय क्षति पुगेको समेत (एएफए)ले जनाएको छ ।

रोसारियो सेन्ट्रल, बोका जुनियर्स र सान्तोसका लागि खेल्ने मेनोट्टीले नेवेलको ओल्ड ब्वाईजबाट आफ्नो कोचिङ करियर सुरु गरेका थिए । सन्  १९७४ मा अर्जेन्टिनी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नुअघि १९७३ मा च्याम्पियनसिप समेत जितेका थिए ।  

सन् १९८२ को विश्वकप पछि राष्ट्रिय टोली छाडेका मेनोट्टी बार्सिलोना कोचमा नियुक्त भए । जहाँ उनले १९८३ मा भएको कोपा डेल रे सफलताको लागि टोलीलाई मार्गदर्शन पनि गरे । मेनोट्टीको मृत्युको कारण भने खुलाईएको छैन ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्