ADD FOR WEBSIDE ADD FOR WEBSIDE

उपाधिकालागि आज नेपाल र बंगालादेश भिड्दै

बुधबार, भदौ १२, २०८१

काठमाडौँ : बीस वर्ष मुनिको साफ च्याम्पियनसिपको उपाधिकालागि आज नेपाल र बंगालादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्स्मा दिउँसो २ ३० बजे हुने फाईनलमा घरेलु टोली नेपाल तेस्रो पटक उपाधि चुम्ने योजनमा छ । नेपालले सन् २०१५ मा घरेलु मैदानमा भएको प्रतियोगितामा भारतलाई पेनाल्टीसुटआउटमा ५–४ गोलले हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।

त्यसको २ बर्षपछि सन् २०१७ मा घरेलु मैदानमै भएको प्रतियोगितामा पनि नेपालले उपाधि हात पार्यो । त्यतिबेला फाइनलमा प्रतिद्वन्दी थियो बंगालादेश । उक्त खेलमा पनि नेपाल बिजयी बनेको थियो । त्यसयता भने नेपालले उपाधि चुम्न सकेको छैन ।

बंगालादेशललाई हराएमा नेपालले ७ बर्षपछि उपाधि जित्ने छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्