ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दक्षिण अफ्रिका विरुद्धको सिरिज वेष्टइण्डिजले गर्‍यो क्लिन स्वीप

बुधबार, भदौ १२, २०८१

एजेन्सी : दक्षिण अफ्रिका विरुद्धको टि–२० सिरिज वेष्टइण्डिजले क्लिन स्वीप गरेको छ ।

आज बिहान भएको तेस्रो अन्तिम खेलमा पनि दक्षिण अफ्रिकालाई ८ विकेटले हराएपछि तीन खेलको सिरिज वेष्टइण्डिजले क्लीन स्वीप गरेको हो । जितकालागि दक्षिण अफ्रिकाले दिएको १०९ रनको लक्ष्य वेष्टइण्डिजले ९.२ ओभरमा मात्र दुई विकेटको क्षतिमा भेटायो । उसको जितमा शाइ होपले अविजित ४२ रनको योगदान गरे । निकोलश पुरनले ३५ तथा शिमरोन हेटमायरले अविजित ३१ रनको योगदान गरे ।

त्यसअघि वेष्टइण्डिजको ब्रेनलारा स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १०८ रन बनाएको थियो । उसकालागि  ट्रिस्टन स्टब्सले सर्वाधिक ४० ,रायन रिकेल्टन २७ तथा कप्तान एडेन मार्करामले २० रन बनाएपनि अन्यले दोहोरो अंकको रन छुन सकेनन् । वर्षाका कारण १३ आभरमा छोटाइएको खेलमा दक्षिण अफ्रिका डिएलस मेथर्ड अनुसार ८ विकेटले पराजित भएको हो ।

त्यसअघि पहिलो खेलमा दक्षिण अफ्रिका ७ विकेटले पराजित हुँदा दोस्रो खेल ३० रनले गुमाएको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्