ADD FOR WEBSIDE ADD FOR WEBSIDE

३५ वर्षिय शाह आइसीसीको अध्यक्ष बने,सचिवमा रोहन जेटलीको चर्चा

बुधबार, भदौ १२, २०८१

एजेन्सी : अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को अध्यक्षमा जय शाह निर्विरोध निर्बाचित भएका छन् ।

आइसिसीको नयाँ अध्यक्ष पदका लागि अगस्ट २७ (मंगलबार) सम्म शाह बाहेक कसैको उमेदवारी नपरेपछि उनी निर्बिरोध चुनिएका हुन् । बिसीसीआईका सचिव समेत रहेका शाहले आगामी डिसेम्बर १ तारिखमा पद सम्हाल्नेछन् । ३५ बर्षिय शाह आइसीसीको अध्यक्ष बन्ने पाँचौं भारतीय नागरिक हुन् ।

शाह अध्यक्ष बनेलगत्तै बीसीसीआईले अब सचिव पदमा नयाँ नियुक्ति गर्नुपर्नेछ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अरुण जेटलीका छोरा तथा दिल्ली क्रिकेट संघ (डीडीसीए) का अध्यक्ष रोहन जेटली बीसीसीआईको नयाँ सचिव बन्न सक्ने बताएका छन् ।

न्यूजिल्याण्डका वर्तमान आइसीसीका अध्यक्ष ग्रेग बार्कलेको कार्यकाल आगमी नोभेम्बर ३० मा सकिँदैछ । आईसीसीले अगस्ट २० मा बार्कले लगातार तेस्रो पटक अध्यक्ष बन्न नसक्ने बताईसकेको छ ।

उनी सन् २०२० देखि अध्यक्ष पदमा छन् । दोस्रो कार्यकाल सकिएपछि उनले राजिनामा दिने घोषणा गरिसकेका छन् । उनले नोभेम्बरमा आफ्नो पद छोड्नेछन्। उनको कार्यकाल नोभेम्बर ३० मा सकिँदैछ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्