ADD FOR WEBSIDE ADD FOR WEBSIDE

बंगालादेशलाई ऐतिहासिक उपाधि,नेपाल ४–१ ले पराजित 

बुधबार, भदौ १२, २०८१

काठमाडौँ : नेपाललाई हराउँदै पहिलोपट साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगालादेशले हात पारेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको फाइनलमा घरेलु मैदानमा नेपाललाई ४–१ गोलले स्तब्ध पार्दै बंगालादेशले पहिलोपटक उपाधि उचालेको हो ।

bangala-football-1724842679.jpg

बंगालदेशको जितमा मिरजुल इस्माइलले दुई गोल गरे ।  रब्बी हुसेन र पियास अहमद नोभाले एक/एक गोल गरे ।

नेपालका लागि समीर तामाङले सान्त्वना गोल फर्काए ।

यसअघि लगातार तीन पटक फाइनल पुगेर पनि बंगालादेश उपाधि बिहिन बनेको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्