ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पेरिस पारा ओलम्पिकमा तीन नेपालीले प्रतिस्पर्धा गर्दै

बुधबार, भदौ १२, २०८१

काठमाडौँ : पेरिस पारा ओलम्पिक आजबाट सुरु हुँदैछ ।

आजबाट सेप्टेम्बर ८ तारिख सम्म चल्ने ओलम्पिकमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । पेसिको स्टेड डे फ्रान्समा हुने ओलम्पिकमा तेकोन्दोका २ तथा पौडीका एक गरी नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ । महिला ५७ केजी मुनिको तौल समुहमा नेपालकी  पलेसा गोर्बद्धन र पुरुष ५८ केजी मुनीको तौल समुहमा भरत सिं महत्तोले प्रतिस्पर्धा गर्नेछन् ।

एसियाली छनौटमा प्रथम हुँदै ओलम्पिकको यात्रा तय गरेकी पलेसाले प्रतियोगितामा तहल्का मच्चाउने राखेपको बिश्वास छ । सन् २०२२ को टोकियो पारा ओलम्पिकमा पनि पलेसाले दुई खेल जितेकी थिइन् ।

पलेसाले चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक काश्य पदक जितेकी थिईन् । यस्तै पौडीबाट भिम बहादुर कुमालले  प्रतिस्पर्धा गर्नेछन् । तेकोन्दोका भरत सिं महत्तोले भोली मित्सुया तानाकासंग प्रतिस्पर्धा गर्नेछन् ।

१६९ देशले सहभागिता जनाउजे ओलम्पिकमा २२ ओटा बिधाका ५४९ ओटा खेलहरु हुनेछन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्