ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्ने

बिहीबार, भदौ १३, २०८१

काठमाडौँ : नेपाल प्रिमियर लिग एनपीएलमा ८ वटा फ्रेन्चाइज टोलीको सहभागीता रहने भएको छ ।

आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा  ८ फ्रेन्चाइज टोलीको सहभागिता रहने निर्णय आज बसेको नेपाल क्रिकेट संघ क्यानको  केन्द्रीय कार्यसमिति बैठकले गरेको हो ।  बैठकले अमेरिका र वेष्ट इण्डिजमा भएको आइसीसी पुरुष टी ट्वान्टी क्रिकेट विश्वकपमा सहभागी नेपाली क्रिकेटर र मुख्य प्रशिक्षकलाई जनही ३ लाख प्रोत्साहन भत्ता दिइने निर्णय पनि गरेको छ । अन्य स्पोर्टस् स्टाफले भने जनही १ लाख ५० हजार रुपैंयाका दरले प्रोत्साहन भत्ता पाउने भएका छन् ।

क्यानले प्रत्येक प्रदेशका दुइ महिला र ३ जना पुरुष खेलाडीगरी ३५ जना प्रादेशिक खेलाडीलाई १५ हजार रुपैंया मासिक तलबपनि उपलब्ध गराउने भएको छ । म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका क्रिकेटर आदिल आलमको निलम्बन फुकुवाबारे भने क्यानले आइसीसीको निर्देशन पर्खेको छ ।


निलम्बित राष्ट्रिय क्रिकेट खेलाडी आलमको निलम्बन फुकुवाबारे आइसीसी एन्टी करप्सन युनिटमा पेश गरी त्यहाँबाट प्राप्त निर्देशन अनुसार संघबाट निर्णय गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्