ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नयाँ रंगाशाला बनाउन एन्फाले छुट्टायो २९ करोड 

शुक्रबार, भदौ १४, २०८१

काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले नयाँ रंगाशाला बनाउने भएको छ ।

४० हजार दर्शक क्षमता भएको सुविधासम्पन्न आधुनिक र अन्तराष्ट्रिय मापदण्ड सहितको रंगशाला बनाउन एन्फाले आन्तरिक गृह कार्य गरिरहेको हो । अन्तराष्ट्रिय स्तरको फुटबल आयोजना गर्न दशरथरंगालाको भर पर्नुपर्ने देखिन्छ ।

तर उक्त मैदानपनि पछिल्लो समय हिलाम्मे भएपसछि बीस बर्ष मुनिको साफ च्याम्यिन्सीपको फाइनल खेल समेत हुन सकेको थिएन । यस्तै समस्यालाई मध्यनजर गर्दै एन्फाले  फुटवल रंगशाला निर्माण गर्न अतिआवश्यक देखिएको जनाउँदै एन्फाले नेपाल सरकार, प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत जग्गा उपलब्धताको लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

एन्फाको  दुई दिन बसेको सातौं कार्यसमिति बैठकले नयां रंगाशाला निर्माण गर्न प्रारम्भमा २८ करोड ६० लाख रुपैँया रकम बिनयोजन गरेको छ । रंगशाला निर्माणार्थ जग्गा प्राप्तीको लागि सरकारसँग समन्वय गर्न संघका उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहने गरी तीन सदस्य समिति समेत गठन गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्