ADD FOR WEBSIDE ADD FOR WEBSIDE

राष्ट्रिय फुटबल खेलाडीलाई ३० हजार भत्ता 

शुक्रबार, भदौ १४, २०८१

काठमाडौँ : राष्ट्रिय फुटबल टोलीमा आबद्ध खेलाडीहरुले मासिक भत्ता पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टोलीमा आबद्ध पुरुष तथा महिला खेलाडीहरुलाई भत्ता स्वरुप जनही ३० हजार रुपैयाँ दिने निर्णय गरेको हो । फिफा रेफ्रिहरुलाई पनि मासिक २० हजार रुपैयाँ भत्ता दिईने भएको छ ।

 राष्ट्रिय टोलीका महिला तथा पुरुष खेलाडीहरुका साथै उमेर समुहका राष्ट्रिय खेलाडीहरु, रेफ्रिहरु, एन्फाका पदाधिकारीहरु तथा सचिवालयका कर्मचारीहरुको स्वास्थ्य विमा समेत गरिने एन्फाले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्