ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एन्फा महासचिव राईको तलब २ लाख ६० हजार 

शुक्रबार, भदौ १४, २०८१

काठमाडौँ: अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको पारिश्रमिक दोब्बरले बृद्धि भएको छ ।

पहिलो दिन अध्यक्ष पंकज विक्रम नेम्वाङको‌ प्रस्तावमा  राईको तलब मासिक २ हजार अमेरिकी डलर पुर्याउने निर्णय भएको थियो। केन्द्रिय समितिका २१ मध्ये ९ जनाले महासचिवको तलब अहिले बढाउन नहुने मत राखेपनि बहुमत राईको पक्षमा पुगेको हो ।

दुई दिन सम्म चलेको बैठकले राईको तलब २० हजार अमेरिकी डलर कायम हुनुपर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । फुटबलको गुणस्तर,भौतिक संरचना निर्माणमा एन्फा उदासिन  भएको आरोप खेपिरहेका बेला उनको तलबका बिषयमा पनि तिव्र असन्तुष्टि बढिरहेको छ ।

अबदेखि महासचिव राइले नेपाली रुपैयाँ २ लाख ६० हजारभन्दा बढी मासिक तलब बुझ्ने छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्