ADD FOR WEBSIDE ADD FOR WEBSIDE

मलेसियामा नेपाली महिला क्रिकेटरले धुम मच्चाएपछि 

सोमबार, वैशाख २४, २०८१

काठमाण्डौँ : नेपाली महिला क्रिकेटरहरुले मलेसियामा धुम मच्चाएका छन् । मलेसियन सुपर वुमन लिग २०२४ मा नेपालबाट अनुबन्धन भएका ६ जना खेलाडीहरुमध्ये तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ब्याटिङ र बलिङमा जादु देखाएका हुन् ।

नेपालकी सीता राना मगर प्लेयर अफ द सिरिज चुनिएकी हुन् । ब्याटर अफ टूर्नामेन्टको उपाधि नेपालकै रुबिना क्षेत्रीले हात पारिन् । पूजा महतो उत्कृष्ठ बलर बनिन् ।

मलेशियन सुपर वुमन लिगको उपाधि सिता राना मगर आबद्ध वेस्टर्न वन्डर वुमनले हात पारेको छ । दक्षिणी जागुअर्सलाई ५ रनले पराजित गर्दै वन्डरले उपाधि जितेको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्